प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त
१६ पुस काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।कम्पनीको पुस १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि अध्यक्ष रहेकी शिक्षा भट्टचनले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।
उक्त बैठकले सञ्चालक समितिमा रहेको रिक्त सदस्य पदमा पनि नियुक्ति गरेको छ। संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी क्लाउड मण्डप प्रा.लि. को तर्फबाट छन बहादुर भट्टचनलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।