तोलामा १४ सय रुपैयाँले घट्यो सुन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १७ २०८२
2.1K
SHARES
१७ पुस काठमाडौं । नेपाली बजारमा बिहीबार (पुस १७) सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चार हजार ४७० रुपैयाँ थियो । यो तोलामा ५५ रुपैयाँले घटेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट