४ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २० २०८२
1.7K
SHARES

२० पुस काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घटिरहेको छ । चिसो बढ्दो क्रममा छ । काठमाडौंसहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबार (पुस २०) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो ।

सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम शनिबार (पुस १९) ४.५, शुक्रबार (पुस १८) ५ डिग्री थियो ।आइतबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.३ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम शनिबार –४.९ र शुक्रबार –३.४ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

यस दिन डडेलधुराको न्यूनतम तापक्रम २.६, ओखलढुंगाको ४.१, दिपायलको ५.५, ताप्लेजुङको ६, वीरेन्द्रनगरको ६.७, धनकुटाको ७, घोराहीको ७.३, नेपालगन्ज र पोखराको समान ७.७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।