सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २३ २०८२
1.7K
SHARES

२३ पुस काठमाडौं । नेपाली बजारमा बुधबार (पुस २३) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।यससँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलाको दुई लाख ६८ हजार १०० कायम थियो ।चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ बढेको छ ।महासंघका अनुसार एक तोला चाँदीको मूल्य ४९ सय ३५ रुपैयाँ पुगेको हो । मंगलबार चाँदी प्रतितोला ४८ सय ८० थियो ।