बैतडीमा जीप दुर्घटना, तीनजनाको मृत्यु
२८ पुस बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८, साँडीघाँटीमा सोमबार (पुस २८) बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेलधुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
दुर्घटनामा परेर तीनजनाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक तीनैजना पुरुष रहेका र सनाखत हुन नसकेको उनले बताए ।
उनले भने, “दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन ।”जीपमा कतिजना सवार थिए भन्ने समेत खुल्न सकेको छैन । घाइतेलाई उपचारका निम्ति डडेलधुरा अस्पताल पठाइएको छ ।