सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ९ २०८२
1.6K
SHARES

९ माघ काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार २ रुपैयाँले बढेको हो ।योसँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३२० रुपैयाँले बढेर तोलामा ६ हजार १९० रुपैयाा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ८७० रुपैयाँमा चाँदी कारोबार भएको थियो।