बसबाट खसेर वृद्धाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १० २०८२
1.5K
SHARES
१० फागुन काठमाडौं । काठमाडौं–३२ पेप्सीकोलानजिक सडकमा बसबाट खस्दा ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार (फागुन ९) जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख ५७४७ नम्बरको बसबाट खसेर दोलखा, चरीकोटकी रामकुमारी भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा परेकी उनको अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बसचालकलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट