निर्वाचन आयोग : चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्नू


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ११ २०८२
1.4K
SHARES

१२ फागुन काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ । सोमबार (फागुन ११) आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन् ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।

“निर्वाचन आचारसंहिताको उल्लंघन गरे आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उमेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था समेत रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।