सर्वोच्च नेता खामेनी मारिएको पुष्टि


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२
2.5K
SHARES

१७ फागुन काठमाडौ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ।इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन्।

खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको भनेर इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। यद्यपि इरानी अधिकारीहरूले भने उनी सुरक्षित नै रहेको बताउँदै आएका थिए।

आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ।शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको थियो।