त्रिभुवन विमानस्थलमा ३ हजार यात्रु अलपत्र


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२
1.8K
SHARES

१७ फागुन काठमाडौ । मध्यपूर्वका देशमा देखिएका तनावका कारण नेपालमा शनिबारका लागि पूर्वनिर्धारित १८ वटा उडान रद्द हुँदा तीन हजारभन्दा धेरै यात्रु प्रभावित भएका छन्।

इरानमाथि अमेरिका र इजरायलेले सैन्य आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रको हवाई क्षेत्र बन्द हुँदा त्यसको प्रभाव नेपालमा पनि परेको हो।

नेपालबाट यूएईका तीन विमानस्थल सारजहा, दुबई र अबुधावी तथा दोहा (कतार), कुवेत, दमाम (साउदी) र स्तानबुल (टर्की) विमानस्थल उडान पूर्णरुपमा प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

मध्यपूर्वमा विकसित घटनाक्रमसँगै इरान, इजरायल, इराक, जोर्डन, कुवेत र यूएईले आफ्नो  हवाईक्षेत्र बन्द गरेका छन्।