नेकपा पूर्व केन्द्रीय सदस्य सुनिता बमले महेन्द्र शाहीलाई समर्थन


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १७ २०८२
5.8K
SHARES

१७ फागुन काठमाडौ । नेकपा बहुमतका निवर्तमान केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सदस्य सुनिता वमले पुरानो पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीको ‘तारा’ चिन्हमा मतदान गर्ने निर्णय गरेकी छिन्।

फेसबुकमा लामो भावनात्मक स्टाटसमा उनले लेख्दै “लामो समयदेखि हृदयभित्र दबाएको मौनतालाई आज पूर्णविराम दिएको छु। पुनः पार्टी सदस्यता नवीकरण गरी सपनालाई जीवित राख्ने यात्रा निरन्तरता दिनेछु।”

सुनिता वमले आफ्नो २४ वर्ष लामो जनयुद्ध यात्रा सम्झँदै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र निरन्तरतामा योगदान गर्ने दृढ अठोट व्यक्त गरिन्। उनले कालिकोटका सम्पुर्ण आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूलाई प्रत्यक्षतर्फ महेन्द्रबहादुर शाही र समानुपातिकतर्फ गंगा खड्का बोगटीलाई मतदान गर्न बिशेष अपिल गरिन्।