प्रचण्ड भारी मतान्तरले विजयी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २२ २०८२
2.9K
SHARES

२२ फागुन काठमाडौ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न ३ हजार ३६५ मत बाँकी रहँदा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् ।मतगणना पूरा गर्न र औपचारिक घोषणा भने हुन बाँकी छ ।