सर्वोच्चले तोक्यो पहिलो नम्बरमा पेसी


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२
1.9K
SHARES

२७ फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ गर्न सर्वोच्च अदालतले आज (बुधबार) का लागि पहिलो नम्बरमा पेसी तोकेको छ।  सर्वोच्चका अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र फिर्ता लिने निर्णय महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गरी सर्वोच्च रिट दर्ता गरिएको छ।  महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेसहित ५० भन्दा धेरै प्रतिवादीविरुद्ध विभिन्न जिल्लामा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले  रिट दायर गरेका हुन्।
>