कांग्रेसका सभापति थापाको राजीनामा अस्वीकृत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२
2.6K
SHARES

६ चैत काठमाडौं । चुनावमा पार्टीको पराजयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको छ । शुक्रबार (चैत ६) गते बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकार गरेको हो । सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।

उपसभापति विश्वप्रकाश शर्माले कार्यसमिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बिषयमा सात बुँदे प्रस्ताव प्रश्तुत गरेका थिए । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफूसँगै पार्टीले पराजय व्यहोरेपछि थापाले नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए । बैठकबाट राजिनामा अस्वीकार भएपछि थापा यथावत सभापति पदमा फर्किएका छन् ।