पाँच वर्ष देश कुनै द्वन्द्वमा पर्नु हुँदैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
1.1K
SHARES

१० चैत काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अबका पाँच वर्ष देश कुनै द्वन्द्वमा पर्न नहुने बताएका छन् ।मंगलबार (चैत १०) सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले भने, “रास्वपाले पाँच वर्षका निम्ति जिम्मेवारी पाएको छ, यसमा नेपाली कांग्रेसको पूर्ण साथ रहनेछ ।

कतिपय ठाउँमा हामीले दबाब पनि दिनेछौँ । देशले पटक–पटक दुर्घटना व्यहोरेको छ । यो पाँच वर्ष नेपाल कुनै पनि द्वन्द्व, चपेटामा पर्नु हुँदैन । हामी सचेत भएर बस्छौँ ।” ०८२ देखि ०८७ सम्म एउटा अध्याय सुरु भएको भन्दै उनले अब बन्ने सरकारसँग जनताले गरेका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताए ।