आन्दोलन शान्त पार्न भूमिका निर्वाह गरेको हुँ – बालेन


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ११ २०८२
1.7K
SHARES

११ चैत काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले भदौ २३ र २४ गते आफू सरकारी निवासमै रहेको बयान दिएका छन् । गौरीबहादुर कार्की आयोगलाई दिएको बयानमा उनले भनेका छन्– २०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमै थिएँ । २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो । २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाएँ । मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्‍यो ।”

जनआस्थाको सौजन्यमा प्राप्त गरेको प्रतिवेदनको अंशमा भनिएको छ – २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुन सक्छ ।” शाहले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्ने भूमिका निर्वाह गरेको बताएका छन् । उनले क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने बताएका छन् ।