बादल र सुहाङबीच चुनावकाे तयारी


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२
2.7K
SHARES

१८ चैत काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ। जारी सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो।

दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो।