नेकपाको संसदीय दलको प्रमुख सचेतकमा दुलाल नियुक्त


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२
969
SHARES

१९ चैत काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संघीय संसदअन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन् ।   सिन्धुपाल्चोक–२ बाट निर्वाचित दुलालाई नेकपाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

“युवराज दुलालले प्रमुख सचेतक पदको जिम्मेवारी वहन गरी दल तथा संसदीय कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुनेछ भन्ने विश्वास लिइएको छ,” नेकपाले विज्ञप्ति जारी गर्दै भनेको छ ।