रास्वपाले बोलायो संसदीय दलको बैठक


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २ २०८३
950
SHARES

२ वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, बिहीबार (वैशाख ३) दिउँसो १२ः१५ मा बस्ने गरी बैठक बोलाइएको हो ।  बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विविध विषयमा छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए । संसदीय समितिको निर्वाचन वैशाख ४ मा हुँदै छ ।