भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३
1.3K
SHARES

३ वैशाख काठमाडौं । नेपाली कांग्रेसले सांसद भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । खड्का डोटीबाट निर्वाचित हुन् । लेखा समिति सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय विपक्षी दलहरूले गरेका छन् ।

सत्ताधारी रास्वपाले पनि लेखा समिति सभापति प्रमुख विपक्षी दललाई दिने निर्णय गरिसकेको छ । योसँगै खड्का समिति सभापति बन्ने पक्का भएको छ ।