राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख १८ २०८३
1.5K
SHARES
१८ वैशाख काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण ऐनको संशोधनसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका ८ अध्यादेशमध्ये उनले तेस्रो अध्यादेश प्रमाणीकरणपछि जारी गरेका हुन् ।
सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपतिका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट