सुनको भाउमा लगातार वृद्धि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख २५ २०८३
627
SHARES
२५ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट