प्रमुख कार्यकारी अधिकृतको राजीनामा सम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
1.9K
SHARES

२८ वैशाख काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डे ज्यूको राजीनामासम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । बैंक यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छ कि उक्त समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहनुभएको जानकारी गराइन्छ। बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सम्प्रेषण गर्न सम्पूर्ण  सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई बैंक हार्दिक अनुरोध गर्दछ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ग्राहकवर्ग, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको आफ्नो विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिब सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जानकारी समेत गराइन्छ ।