नीति तथा कार्यक्रम ‘स्टार्टअप’ उद्यमलाई सघाउन ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
1K
SHARES

२८ बैशाख काठमाडौं । सरकारले ‘स्टार्टअप’ उद्यमलाई सघाउन ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’ कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई सघाउन ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’ दिने घोषणा गरिएको छ । सरकारको कार्यक्रममा औद्योगिक नीति २०७६ नीति परिमार्जन गरी नयाँ औद्योगिक नीति तर्जुमा गरिने पनि उल्लेख छ ।

राष्ट्रपति पौडेलले भने, ‘‘स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा स्थापना गरिने छ ।’’