आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ३० २०८३
912
SHARES
३० बैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५७ सय १० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५६ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट