मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर द्वारा पदभार ग्रहण


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १ २०८३
893
SHARES

१ जेष्ठ काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (ऋभ्इ) पदमा नियुक्त हुनुभएका श्री तारा मानन्धरले आज मिति २०८३ जेठ ०१ गते देखि पदभार ग्रहण गर्नुभएको बैंकले जनाएको छ ।

बैंकिङ्ग तथा व्यवस्थापन क्षेत्रमा अब्बल श्री मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिरहनुभएको थियो । उहाँको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री मनन्धरले बैंकको दिर्घकालिन लक्ष्य, उच्चस्तरिय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगमी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने विश्वास लिएको छ ।