नेपाल इन्भेष्टमेन्ट मेगाका सीईओ पाण्डे नियमित काममा फर्किए


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ६ २०८३
608
SHARES

६ जेष्ठ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन्। स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो। ‘अदालतको आदेशपश्चात् यस बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकको नियमित कार्य सुचारु गर्नुभएको जानकारी गराउँछौँ’, बैंकले भनेको छ।

गत वैशाख २९ गते पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। सोसँगै उनकी पत्नी निरु दाहालले वैशाख ३० मै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन्। सोही रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले उनलाई  जेठ १ गते रिहा गर्न आदेश दिएको थियो।