बैंकमा पैसा फालाफाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३
741
SHARES

८ जेष्ठ काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थपिँदा बैंकहरुको सीडी रेसियो ७३% भन्दा तल आएको छ। निक्षेप वृद्धि आक्रामक हुनु र सो अनुपातमा कर्जा प्रवाह सुस्त भइदिनाले सीडी रेसियो ७३% भन्दा तल आएको हो। यसबाट बैंकमा कर्जाको माग निकै कम रहेको प्रमाणित हुन्छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप आइतबारसम्म ७९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको हो। त्यस्तै कर्जा प्रवाह ५८ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो। आइतबारसम्म वाणिज्य बैंकमा निक्षेप ७१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५२ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।