दुई हजार आठ सयले घट्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १० २०८३
475
SHARES
१० जेठ काठमाडौं । नेपाली बजारमा आइतबार (जेठ १०) सुनको मूल्य प्रतितोला दुई हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आइतबार दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा १०५ ले घटेको छ । शुक्रबार प्रतितोला पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट