कांग्रेसले तोक्यो सातै प्रदेशमा जिम्मेवारी


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ११ २०८३
779
SHARES

११ जेष्ठ काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन सातै प्रदेशमा जिम्मेवारी तोकेको छ । सोमबार (जेठ ११) बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकबाट यस्तो जिम्मेवारी तोकिएको हो । कोसीका निम्ति डा. डिला संग्रौला, मधेसमा देवराज चालिसे, वाग्मती प्रदेशमा बहादुरसिंह लामालाई जिम्मेवारी दिइएको छ ।

गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिम प्रदेशका निम्ति उदयशमशेर राणालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

बाँकी रहेका क्रियाशील सदस्यको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा यही जेठ २१ गतेभित्र प्रविष्ट गर्नुपर्ने बैठकबाट निर्णय गरिएको छ ।