जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै नराम्रो काम गरेका छैनौँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १४ २०८३
1.1K
SHARES

१४ असार काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको जिकिर गरेका छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनतामा भ्रम छरिएको उनको भनाइ थियो।

उनले भने, ‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ। हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेनौँ, अगाडि बढायौँ।’ उनले आफूहरूले विकास निर्माणको काम अघि बढाएको जिकिर गरे।

उनले थपे, ‘हामीले गलत काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेको होइन। झूटा प्रचारहरू गरिएको हो। हामीविरुद्ध अफवाह फैलाएर हामीलाई बदनाम गरियो।’