मौद्रिक नीतिलाई सेयर बजारको ‘रातो झण्डा’


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २४ २०८३
760
SHARES

२४ असार काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको मौद्रिक नीतिलाई सेयर बजारले ‘रातो झण्डा’ देखाएको छ । बुधबारको कारोबारमा बजार ३०.०९ अंक घटेको छ । यससँगै बजार २६२१.५९ विन्दुमा झरेको छ । बजार घट्दा २५ कम्पनीको सेयर मूल्य बढेको छ । २४७ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबारतर्फ चार अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८४ लाख ६३ हजार कित्ता सेयर ७७ हजार ६२७ पटकमा किनबेच भएको छ । एनएमबि बैंक डिबेन्चर, प्रभु बैंक डिबेन्चर, स्नो रिभर्स, कुमारी सबल योजना लगायतका सेयर उच्च कमाउनेमा परेका छन् ।समूहगत सूचकतर्फ म्युअचल फन्डबाहेक बाँकी समूह घटेका छन् ।