सेयर बजार २६ सय विन्दुमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २५ २०८३
589
SHARES

२५ असार काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार (असार २५)को कारोबारमा पनि घटेको छ । बजार १९.६७ अंकले घटेको हो । अघिल्लो दिन (असार २४) बजार ३० अंकले घटेको थियो । यस दिन बजार मापक २६०१.९२ विन्दुमा झरेको छ । बजार घट्दा ४२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २२९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

चार अर्ब ६१ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटकमा किनबेच भएको हो ।

उपकार लघुवित्त, स्नो रिभर्स लिमिटेड, प्राइम डिबेन्चर, कुमारी सबल योजना, जनउत्थान सामुदायिक लघुवित्तलगायत कम्पनीको सेयर मूल्य उच्च कमाउनेमा परे । समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । सबैभन्दा बढी व्यापार समूह २.३६ प्रतिशतले घटेको छ ।