वाणिज्य बैंकहरुको खुद नाफा ६४ अर्ब ४७ करोड
२८ असार काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कुन बैंकले कति कमाए नाफा ?
