प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३२ २०८३
532
SHARES

३२ असार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच अहिले भेटवार्ता भइरहेको छ । भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छ ।

“प्रधानमन्त्री वालेन्द्र शाहज्यू र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनज्यूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्त्वपूर्ण संवाद भइरहेको छ,” प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको छ ।

छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी छन् ।