आज सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन १ २०८३
703
SHARES
१ श्रावण काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३१ सय रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला सुन २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार २ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३२५ रुपैयाँ थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट