हरित बैंकिङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच साझेदारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
532
SHARES

१ श्रावण काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि संझौता गरेको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यबस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष्य श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरे । पर्यावरण तथा हरित बैकिङ्ग प्रवद्र्धनमा केन्द्रित यो संझौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्ष्यित समुदाय अनुरुप क्षमता अभिबृद्धि गर्दै विभिन्न आयमहरुमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ ।

“अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,” बैंकको दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने, “यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पु‍¥याउनेछ ।”

नेपालका अग्रणी वित्तीय संस्थाहरुमध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजानेछ । हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ्ग एकाइ र १,२३३ पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै, आफ्नो ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक, र मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित बित्त प्रवद्र्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपुर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ ।