सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
817
SHARES

१ श्रावण काठमाडौं  । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने छ । यस सुविधामार्फत ग्राहकले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्नेछन् ।

ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैंकको काठमाडौं स्थित न्यूरोड गेट शाखाबाट उपलब्ध रहेको बैंकले जनाएको छ ।