सुनको भाउमा वृद्धि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन ५ २०८३
798
SHARES
५ श्रावण काठमाडौं ।नेपाली बजारमा आज मंगलबार सुन -चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला सुन २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट