नेकपा विप्लव समूहमाथि प्रतिबन्ध


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५
27.5K
SHARES

२९फाल्गुन काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ । यस अघि २००८ सालमा पनि नेपाल कम्युनिष्ट पार्टीमाथि तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो ।