रामेछापको सुनापतिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५
9.1K
SHARES

३ चैत काठमाडौँ। रामेछाप जिल्लाको सुनापति गाउँपालिका हिलेदेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । १०९ औँ अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर नेपाल क्यान्सर अस्पतालसंगको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।शनिवार सम्पन्न उक्त शिविरमा पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी रोगीहरुको उपचार गरिएको थियो । शिविरबाट ३ सय ९० जना महिलाहरु लाभान्वित भएको आयोजकले जानकारी दिएको छ ।

सुनापति गाउँपालिकाको व्यवस्थापनमा भएको स्वास्थ्य शिबिरमा करिव ३ लाख ५० हजार मूल्य बराबराको औषधी निःशुल्क वितरण गरिएको नेपाल क्यान्सर अस्पतालका कर्मचारी राजकुरमा गौतमले बताए । सुनापतिको स्थानिय स्वास्थ्यचौकिलाई करिव ५० हजार रुपयाँ बराबरको औषधि निःशुल्क प्रदान गरिएको गौतमले जानकारी दिए ।उक्त शिविरमा फिजिसियन डा. राजिव खड्का, स्त्रीरोग डा.अनुषा शर्मा, सर्जन डा.सुशिल अधिकारी लगायत १७ जना चिकित्सकको टोलिले स्वास्थ्य सेवा दिएको सञ्चारकर्मी सूर्य सुवेदीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविरबाट स्थानियबासि अत्यन्तै खुसी भएको र आगामि दिनमा यस प्रकारका शिविर गाउँमा सञ्चालन गरिनुपर्ने गाउँपालिका उपाध्यक्ष गिता विष्टले बताइन् ।गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुनिल निरौलाले शिविर अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको बताउँदै ग्रामिण भेगका जनतामा रोग पालेर बस्नुको बाध्यता रहेको भन्दै यस्ता शिविरले स्थानिय जनताको स्वास्थ्यमा ठूलो राहत पुग्ने बताए ।