सिभिल बैंक लिमिटेडको शाखा अब अर्जूनधारामा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १० २०७६
23.5K
SHARES

१० जेष्ठ काठमाडौँ ।“समृद्धिको लागि सिभिल बैंक” भन्ने मूल नाराका साथ अगाडी बढेरहेको सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरद्वारा “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुको स्कुल पोशाकको लागि बैंकको तर्फबाट प्रदान गरीएको नगद सहयोग पनि हस्तान्तरण गरीयो ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगर, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याउनु भयो । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा बताउनु भयो । अर्जूनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि वहाँले खुशी व्यक्त गर्नुभयो ।

सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले बताउनु भयो ।
सिभिल बैंकको अर्जूनधारा शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे पनि बैंकले जनाएको छ ।