कांग्रेस नेता गच्छदार भन्छन अख्तियारने बोलाएको छैन बोलाए सहयोग गरौला


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ६ २०७६
4.8K
SHARES

६ सावन काठमाडौँ।नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा आफूलाई बयानका लागि नडाकेकको बताएका छन्। उनले आफू आँखाको उपचारका लागि विदेश गएको तर भागेको भनेर प्रचार गरिएकोमा आपत्ती जनाएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गर्दै गच्छदारले बालुवाटारमा प्रधानमन्त्री निवास विस्तार गर्ने प्रस्ताव आफूले भौतिक योजना मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्मा लगेको बताएका छन्। तर उनले सबै काम नियम पुर्‍याएर भएको दावी समेत गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई खोजिरहेको भन्ने समाचारको गच्छदारले खण्डन गरे। उनले अख्तियारले अनुसन्धानका लागि डाके जाने स्पष्ट पारेका छन्।