गणतन्त्रको आडमा बसेर गणतन्त्रको विरोध गर्ने छुट कसैलाई पनि छैन -सांसद खड्का


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ८ २०७६
11.2K
SHARES

८ भदौ गोरखा । गोरखा जिल्लाकै नमुना खाने पानी आयोजनाको रुपमा बारपाक सुलिकोट ८ स्थित पन्द्रुनमा एक घर एक धारा अभियान रिठेपानी खानेपानी तथा पन्द्रुन युवा क्लब र आरति महिला बचत तथा ऋण सहकारी संस्थाको पहलमा खानेपानी उद्घघाटन समारोह सम्पन्न भएको छ। सोहि अवसरमा बोल्दै गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माननिय चुडामणी खड्काले अब गोरखामा खानेपानीको समस्या पुर्ण रूपमा हल हुने बताएका छन । मानिसको प्रत्यक्ष जिवनसंग जोडिएको विषय खानेपानीमा कसैलेपनि खेलबाड गर्न हुदैन । जलस्रोतको दोस्रो धनि देश नेपालमा खानेपानी अभाव हुने कुरा आर्चयजनक कुरा हो उनले भने । एक फरक प्रसंगमा उनले अहिले हामिले लडेर ल्याएको गणतन्त्र माथी संस्थागत रूपमा विकास हुदै गरेको अवस्थामा केहि गणतन्त्र विरोधी शक्तिहरू सलबलाएको अवस्था रहेको हुदा गणतन्त्र विरोधीहरूलाई गणतन्त्र पक्षधरहरू एक भएर यस्ता विरोधीलाई निर्मूल पार्न समेत आग्रह गरेका छन। उनले गणतन्त्रको उपलब्धिको आडमा बसेर गणतन्त्रको विरोध गर्ने छुट कसैलाई पनि नहरेको प्रस्ट पारे । उक्त कार्यक्रममा बोल्दै बारपाक सुलिकोट गाउपालिकाको अध्यक्ष विष्णु भट्टले आफ्नो गा.पा.मा अबको केहि समयमा खानेपानीको सम्पूर्ण सम्सया पूर्हण रुपमा हाल गरिने बताए ।