समाजवाद भनेकै वर्ग बिहिन समाज हो -सांसद अधिकारी


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक ९ २०७६
7.4K
SHARES

९ कार्तिक काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले समाजवादी राज्यसत्तामा कोही पनि धनी र गरिब नभई समान हुने बताएका छन् । शुक्रबार जिल्लाको गण्डकी गाउँपालिका वडा नंं ३ फुजेलस्थित तिवारी गाउँमा नेकपाकै गाउँ कमीटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले केही मानिसहरु धनी हुने, धेरै गरिब हुने समाजवादको पक्षमा नेकपा नरहेको बताका हुन् ।

सांसद अधिकारीले समाजबादमा सबै समान हुने उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी गाउँपालिका वडा नंं. ३ र ४ ले संयुक्त रुपमा आज दशै, तिहार, छठ, ल्होसार लगायतका पर्वको अवसर पारी शुभकामना तथा चियापान कार्यक्रममा नेता अधिकारीले देश आर्थिक समृद्धि तर्फ अघि बढेकाले विकास निर्माणका कार्यमा सबै जुटेर अघि बढ्नुपर्ने समेत बताए ।

फरक प्रसंगमा नेता अधिकारीले बुढी गण्डकीको मुअब्जा समयमा नै उपलब्ध गराउन नसकेकामा आफूलाई दुख लागेको बताउँदै तिहार लगतै एक हजार आठसय रोपनी क्षेत्रफलको मुअब्जा वितरणका काम सुरु हुने बताए । उक्त कार्यक्रममा नेकपाका गण्डकी गाउपालिका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रदेश सदस्य दिपक तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए।