नयाँ पेट्रोलपम्पका लागि इजाजत माग


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २२ २०७६
3.2K
SHARES

२२ कार्तिक काठमाडौँ । नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न स्थानमा पम्प खोल्नका लागि माग भएकोले स्थान र सञ्चालनको कागजपत्र अध्ययन भइरहेको जानकारी दिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ