ओली र दाहालबीच ‘वान टु वान’ छलफल


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २५ २०७६
2.8K
SHARES

२५ कार्सतिक काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी,पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने बताए ।नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।