लिगलिगकोटमा मार्क्सवादी युवामञ्चको प्रथम भेला , संयोजकमा पन्त


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६
9.7K
SHARES

२९ मंसिर काठमाडौं । मार्क्सवादी युवा मञ्च नेपाल गठन भएको छ । गोरखा जिल्लाको लिगलिगकोटमा सनिबार सम्पन्न दुईदिने प्रथम भेलाबाट सागर पन्तको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति गठन गरिएको छ ।

भेलाले मञ्चको सचिवमा बिकास भट्टराईलाई चयन गरेको छ भने सदस्यहरुमा धिरज उपरकोटी, अर्जुन पन्त, सुमन अधिकारी, अशोक मरहट्टा, अनित पन्त, बसन्त देवकोटलाई चयन गरेको छ । त्यस्तै देवराज गुरुङ, नारायण अधिकारी, हरि भट्ट, सुवास ढकाल, रबिन गैरे, अञ्जन कुमार श्रेष्ठ, सुशिल दुवाडी र अभिषेक अर्याललाई पनि सदस्य बनाइएको छ ।

मञ्चले जिल्लाजिल्लामा पुगेर माक्र्सबाद सम्बन्धी छलफल, अन्तरक्रिया तथा बैचारिक स्कुल सञ्चालन गर्ने उद्देश्य लिएको संयोजक पन्तले जानकारी दिए ।
त्यस्तै भेलाले गोरखाको ऐतिहासिक लिगलिगकोटलगायत अन्य क्षेत्रमा पर्यटन प्रर्बद्धनका लागि सक्दो भूमिका खेल्ने निणर्य पनि गरेको संयोजक पन्तले जानकारी दिए । भेलामा नेकपा गण्डकी प्रदेशका सदस्य जुद्धबिलास भण्डारी, नेकपा पालुङटार नगर कमिटी अध्यक्ष विवश चिन्तन लगायतको सहभागिता रहेको थियो ।