ओली सरकारबाट गणतन्त्रलाई खतरा छ : डा. शेखर कोइराला


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १७ २०७६
5.2K
SHARES

१७पुष काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०३३ सालमा बिपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कंदा जस्तो अवस्था थियो अहिले पनि राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै रहेको दाबी गर्दै कोइरालाले त्यतिबेला राजा राष्ट्रियताका प्रतीक थिए त्यसैले बीपीले राष्ट्रियताको सवालमा आफ्नो र राजाको घाँटी जोडिएको भनेको स्मरण गरे । कोइरालाले भने, ‘‘प्रजातन्त्रको सवालमा जनतासँग छु भन्नुभयो । प्रजातन्त्रको सवालमा जीवभर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन ।’’

वर्तमान सरकारले “नियन्त्रित प्रजातन्त्र’’ मार्फत् मुलुकलाई एकदलीय व्यवस्थामा लैजान लागिपरेको उनको आरोप थियो । यो सरकारले प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने, अध्यादेशमार्फत् नागरिक र प्रेसका संवैधानिक हकअधिकार खोस्ने, न्यायालय कब्जा गर्ने, सुरक्षा अंगमाथि नियन्त्रण राख्ने जस्ता सर्वसत्तावादी काम गरेको कोइरालाको आरोप थियो ।सरकारले गलत चरित्र देखाएकाले गणतन्त्रमाथि खतरा बढेको बताउँदै भने, ‘‘मैले त सरकार कहाँ छ भनेर खोजिरहेको छु । कतै सरकार भेटेको छैन ।’’ डा. कोइरालाले अराजकता, भ्रष्टाचार र दण्डहीनतामा मात्रै सरकार भेटिएको बताए ।

पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियताप्रति आलोचना गर्दै कोइरालाले भने, “संवैधानिक राष्ट्रपतिले पदीय मर्यादा र गरिमा भुलेर दलीय कार्यकर्ताले जस्तो सक्रिय भूमिका देखाउन थाल्नुले शंका उपशंका सिर्जना भएको छ ।’’ सरकारले यति होल्डिङ्सलगायत केही सीमित व्यवसायीलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पत्तिमाथि अतिक्रमण गरिरहेको उनले आरोप लगाए ।