सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ – मन्त्री नेम्वाङ
२४ पुष काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका छन् । बुधबार विहान ताप्लेजुङका ४ ओटा महत्वपूर्ण सडकको अनुगमनपछि एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताय।
साथै मन्त्री नेम्वाङले चर्चित धार्मिक स्थल पाथीभरा जाने बाटो ताप्लेजुङका सुकेटार–पाथिभरा सडक खण्ड, दोभान–ढुगेंसाघु–वसन्तपुर (मदनभण्डारी राजमार्ग) सडकखण्ड, सदरमुकाम फुङ्लीङ बाइपा र ताप्लेजुङ–ओलाङ्चुङगोला हुँदै तिव्वत जोड्नेको अनुगमन समेत गरेका छन। उनले प्रधानमन्त्री केपी शर्माओली पहिलो पटक प्रधानमन्त्री भएकोबेला ताप्लेजुङ भ्रमणका बेला सुकेटार विमानस्थल, पाथिभरा, तमोर कोरीडोर र मदनभण्डारी राजमार्गलाई चासोको रुपमा लिएकोसमेत स्मरण गराए । नेम्बाङले सरकारले समृद्ध नेपाल, सुखि नेपालीको नारालाई साकार पार्दे विकासलाई प्राथमिकता दिएको उल्लेख गरे । नेम्वाङले पूर्वाधार विकासलाई सरकाले प्राथमिकतामा राखेर काम गरिहेको समेत जानकारी दिए । उनले आफ्ना मन्त्रालय मातहतका कार्यालय अनुगमन गरि समयमै काम सक्न निर्देशन समेत दिए ।
मन्त्री नेम्वाङसँगै सचिव देबेन्द्र कार्की, मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, १ नम्बर सडक डिभिजन कार्यालय प्रमुख रामप्रसाद पोखरेल, संविधान सभा सदस्य भुपेन्द्र थेवे, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पत्रकार र स्थानीयले उक्त सडकहरुको अनुगमनमा सहभागी भएका थिए ।